काठमाडौं । हाथवे इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई कुल १२ दशमलव ६३ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १२ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६३२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभामा लैजाने र प्रस्ताव पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ । अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्कासन गरेको यस कम्पनीको सेयरमूल्य हाल एक हजार दुई सय ४१ रुपैयाँ रहेको छ ।