काठमाडौं । पियोर इनर्जी लिमिटेडले वार्षिक साधारण सभाको आह्वान गरेको छ । कम्पनीको पछिल्लो पटक यही साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो । उक्त निर्णयअनुसार कम्पनीले यही भदौ २४ गते आफ्नो आठौँ वार्षिक साधारणसभा गर्ने घोषणा गरेको छ ।