काठमाडौं । एनआईसी एसिया बैंक लि. एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आवेदन दिने अवधि थप भएको छ । यसअघि यही साउन २९ देखि गतेदेखि २०८२ भदौ २ गतेसम्म संस्था/सर्वसाधारणहरूको लागि निष्काशन तथा बिक्री खुला गरिएकोमा योजनामा मागबमोजिम आवेदन प्रापत नभएकाले निष्काशनको बिक्री खुला अवधि थप गरी यही भदौ १२ गतेसम्म कायम गरिएको कम्पनीको भनाइ छ ।
एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम प्रतिएकाइ अंकित मूल्य १० रुपैयाँको १० करोड एकाइमध्ये बीज पुँजीबापत कुल निष्काशन गरिने एकाइको १५ प्रतिशत अर्थात् न्यूनतम एक करोड ५० लाख एकाइ कोष प्रवद्र्धक एनआईसी एसिया बैंक लिमिटेडलाई सुरक्षित राखि बाँकी न्यूनतम आठ करोड ५० लाख एकाइमध्ये प्रथम चरणमा सर्वसाधारणहरूमा १० रुपैयाँ अंकित मूल्य कायम रहेको पाँच करोड एकाइको बिक्री आह्वान गरिएको थियो ।
कम्पनीका अनुसार यो लगानी योजनामा न्यूनतम एक सय युनिटको लागि र अधिकतम एकाइ एक करोड एकाइसम्म आवेदन दिन सकिनेछ ।