काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन १८ दशमलव दुई अंकले ओरालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन सोमबार २१ दशमलव ३० अंकले उकालो लागेर २७ सय ६१ दशमलव २५ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १८ अंकले उकालो लागेर चार सय ७४ दशमलव ३८ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय १७ वटा कम्पनीहरुको ६७ हजार एक सय ५७ पटकको कारोबारमा एक करोड आठ लाख ७७ हजार नौं सय ४२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ७५ करोड ३२ लाख १९ हजार छ सय ५२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लाग्दा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।