काठमाडौं । बैंकिङ क्षेत्रको कुल निष्क्रिय कर्जा दुई खर्ब ५७ अर्ब ८५ करोड १५ लाख ३२ हजार चार सय रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१÷८२ मा २० वटा वाणिज्य बंैक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटामा औसत चार दशमलव ६२ प्रतिशतले हुने गरी साढे दुई खर्ब कर्जा निष्क्रिय देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार कुल ७३ खर्ब तीन अर्ब ५३ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५५ खर्ब ८१ अर्ब २० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा चार दशमलव ६२ प्रतिशतका दरले हुन आउने साढे दुई खर्ब रुपैयाँ कर्जा निष्क्रिय देखिएको हो ।
बैंकिङ क्षेत्रमा रहेको यो निष्क्रिय कर्जा अघिल्लो आवको तुलनामा औसतमा शून्य दशमलव ७६ प्रतिशत अर्थात् ५८ अर्ब ६० करोड ९४ लाख ८७ हजार आठ सय रुपैयाँले बढी हो । अघिल्लो आवमा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल ६४ खर्ब ९५ अर्ब ५८ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ६१ अर्ब १७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव ८६ प्रतिशतका दरले हुन आउने एक खर्ब ९९ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार गत आव २०८१÷८२ मा वाणिज्य बैंकहरुले मात्र कुल ६५ अर्ब ४१ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ५० अर्ब ४० करोड ६० लाख रुपैैयाँ कर्जा प्रवाह गर्दा औसतमा चार दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकहरुले कुल ५७ खर्ब ५६ अर्ब ८० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ खर्ब ६० अर्ब ५८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
विकास बैंकहरुले मात्र भने गत आवमा छ खर्ब ३० अर्ब ४३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब २६ अर्ब ६१ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा पाँच दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा विकास बैंकहरुले कुल छ खर्ब १० अर्ब १७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब एक अर्ब ४३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले मात्र गत आव २०८१÷८२ मा कुल एक खर्ब ३१ अर्ब ४४ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब १८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा ११ दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा भने फाइनान्स कम्पनीहरुले कुल एक खर्ब २८ अर्ब ६० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ६९ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा नौ दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।