काठमाडौं । नेपालमा प्रोटोन मोटर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा ग्राहकहरूलाई १० प्रोटोन इमास७ इलेक्ट्रिक एसयूभीको सामूहिक हस्तान्तरण गरेको छ ।
कम्पनीले एक विशेष कार्यक्रमको आयोजना गरी एसयूभीको हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा प्रोटोन मलेसिया र जगदम्बा मोटर्सका वरिष्ठ व्यवस्थापन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रोटन इमास७ प्रतिग्राहकहरूको अपार विश्वास देखिएको कम्पनीले जनाएको छ । प्रोटोन इमास७ पूर्णरूपमा विद्युतीय एसयूभी हो, यसले स्टाइल, प्रदर्शन, अत्याधुनिक प्रविधि, दीर्घकालीन किफायतीपन र आत्मसन्तुष्टिलाई एकसाथ ल्याएको छ ।
प्रोटन इमास७ ले शक्तिशाली एक सय ६० किलोवाट मोटर, गाडीभित्र प्रशस्त स्थान, उन्नत सुरक्षा प्रविधि तथा उद्योगमै सबैभन्दा बढी आठ वर्षको ब्याट्री वारेन्टीसहितका प्रिमियम विशेषताले देशभरका ग्राहकको मन जित्न थालिसकेको कम्पनीको दाबी छ ।