काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरकले लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।
विजेता कुवेरा कन्स्ट्रक्सन प्रालिलाई आइतबार कार्यक्रमको आयोजना गरी नयाँ हुन्डाई भेन्यु १.२ प्रदान गरिएको हो । दशैँ–तिहारको अवसर पारेर २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, अधिकतम एक लाख रुपैयाँसम्मको स्क्रयाच कार्डमार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बीमा तथा एक्सचेन्ज बोनसजस्ता सुविधा पाएका थिए । ह्युन्डाई नेपालले विजेता कुवेरा कन्स्ट्रक्सनलाई बधाई दिँदै योजनामा सहभागी सबै ग्राहकप्रति आभार व्यक्त गरेको छ ।