काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन २८ सय बिन्दुमा चढेको छ । अघिल्लो दिन चार दशमलव ८३ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन बुधबार ५३ दशमलव शुन्य एक अंकले उकालो लागेर २८ सय १९ दशमलव १० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५२ अंकले उकालो लागेर चार सय ८३ दशमलव ४२ अंकमा बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय २१ वटा कम्पनीहरुको ७२ हजार पाँच सय २८ पटकको कारोबारमा एक करोड ४९ लाख ८६ हजार एक सय ४२ कित्ता शेयर खरिद बिक्री भएका छन. । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम सात अर्ब ६८ करोड ३३ लाख ८६ हजार चार सय ४१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजारमा पुरै हरियाली छाएको छ ।