काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर सोमबारदेखि बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन । सेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार इच्छुक लगानीकर्ताले काठमाडौंको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के–कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ । संस्थापक सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । उक्त सेयर खरिद गर्ने खरिदकर्ता संस्थापक समूहमा पर्ने बैंकले जानकारी दिएको छ ।