काठमाडौं । इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी एननेट (पर्पल)ले उच्चस्तरीय इन्टरनेट र आईपीटीभी सेवा सञ्चालनमा ल्याउन लागिएको जनाएको छ ।
कम्पनीले नेपालभरका रिटेल र इन्टरप्राइजेज ग्राहकका लागि अत्याधुनिक, एफटीटीआर प्रविधिबाट वाईफाई सिक्स राउटरका साथै आईपीभी सिक्स प्रविधिबाट सेवा सुरुवात गरेको हो । यो आईपीभी सिक्स प्रविधि भनेको अहिले र अबको फ्युचरमा चलाइने महत्वपूर्ण सर्भिस मानिन्छ । यो आईपीभी सिक्स प्रविधिलाई दूरसञ्चार प्राधिकरणले पनि अनिवार्य गरिसकेको छ । यो सेवा क्रमिकरूपले देशको सम्पूर्ण सहरी, पहाडी, दुर्गम तथा हिमाली क्षेत्रका ग्राहकलाई लक्षित गरी उच्चस्तरीय इन्टरनेट र आईपीटीभी सेवा सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ ।
कम्पनीले चाडपर्वको अवसरमा रिटेल ग्राहकका लागि १५ प्रतिशतसम्म डिस्काउन्ट र तीन महिनासम्म बोनस दिने योजना ल्याएको छ भने अझै एसएमई प्याकेज लिन चाहने ग्राहकहरूका लागि भने ५० प्रतिशतसम्म छुट र तीन महिनासम्म बोनसका साथै मूल्य कम ब्यान्डविथ स्पिड दोब्बर गरिदिने कम्पनीले बताएको छ ।
कम्पनीको आफ्नो नारा, एननेट ‘सधैँसँगै’ राखिएको छ । यो नाराअनुसार नै सधैँ आफ्ना ग्राहकहरूलाई सधैँ सँगै भएर उच्चस्तरीय प्रविधिको सेवा दिने कम्पनीको योजना छ ।