खाँदबारी (सङ्खुवासभा) । मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल यहाँ आइपुगेका छन् । २००७ सालमा स्थापित सो विद्यालयले पूर्वी नेपालको शैक्षिक उन्ननयमा अतुलनीय योगदान पुर्याएको छ ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदी लगायतले राष्ट्रपति पौडेलको स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले विद्यालय परिसरमा निर्मित ‘हीरक स्तम्भ’ र ‘सरस्वतीको मूर्ति’ अनावरण गर्ने कार्यक्रम छ । विशेष समारोह अहिले पनि यहाँ जारी रहेको छ ।