काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन ५३ दशमलव शुन्य एक अंकले उकालो लागेर २८ सय बिन्दुमा चढेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार ३८ दशमलव १० अंकले ओरालो लागेर २७ सय ८१ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७४ अंकले ओरालो लागेर चार सय ७७ दशमलव ६८ बिन्दुमा खुम्चिएको छ । आज तीन सय २२ वटा कम्पनीहरुको ७८ हजार तीन सय ७९ पटकको कारोबारमा एक करोड ७८ लाख ९१ हजार नौं सय १७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम आठ अर्ब नौं करोड ५६ लाख १० हजार चार सय ४५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये निर्जीवन बीमा र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।