सल्यानको शारदा नगरपालिका–१२, रेशमज्युलानजिक जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। तिमिलेबाट श्रीनगरतर्फ आउँदै गरेको लु.१ ज.२३६८ नम्बरको जिप बिहीबार अनियन्त्रित भई सडकदेखि करिब पाँच मिटर तल खसेको हो। इलाका प्रहरी कार्यालय शीतलपाटीका अनुसार दुर्घटनाग्रस्त जिप चालक शारदा–६, मदनकाडाका २३ वर्षीय सुरेश बुढाथोकीलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनामा घाइते भएकाहरूको विवरण यसप्रकार छ : सुमन बस्नेत (१८, शारदा–१३) – टाउको र दायाँ खुट्टामा चोट सीता रावत (२१, शारदा–१२) – टाउको, हातमा चोट डोल्मा रावत (७, शारदा–१२) – टाउकोमा चोट साबित्रा भण्डारी (२४, शारदा–१५) – टाउको र ढाडमा चोट निर्मला गिरी (२४, त्रिवेणी–२) – टाउको र खुट्टामा चोट शिरीसा भण्डारी (८, शारदा–१५) – टाउको र खुट्टामा चोट दीपा रावत (२३, शारदा–१५) – टाउकोमा चोट जानकी गिरी (२१, शारदा–१२) – छाती र खुट्टामा चोट गिराराज गुरु (२७, शारदा–१३) – कन्चट र हातमा चोट रियाराज गुरु (९, शारदा–१३) – सामान्य अवस्था रितुराज गुरु (५, शारदा–१३) – सामान्य अवस्था शोभा बुढाथोकी (२५, शारदा–१) – टाउकोमा चोट डिला बुढाथोकी (९, शारदा–१) – खुट्टामा चोट सुमित्रा बुढाथोकी (६, शारदा–१) – टाउकोमा चोट सम्झना थापा (२१, शारदा–१) – टाउको र खुट्टामा चोट समारिका थापा (१८ महिना, शारदा–१) – सामान्य अवस्था जीवन नेपाली (१६, शारदा–१३) – टाउकोमा चोट पार्वती बुढा (३४, शारदा–१२) – शरीर भित्री भागमा चोट, गम्भीर झुपी नेपाली (३५, शारदा–१३) – ढाडमा गम्भीर चोट घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी पार्वती बुढा र झुपी नेपालीलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ भने अन्य १७ जनाको शारदा नगरपालिका–१ श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए। घटनास्थलमा प्रहरी नायब निरीक्षक नरेशसिंह ठकुरीको कमान्डमा प्रहरी टोली खटिएको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।