काठमाडौं । रुपन्देहीको तिलोत्तमा शान्तिचोकमा रहेको डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा संस्था लिमिटेडको करोडौं रकम अपचलन गरेर सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री सम्पर्कविहीन भएका छन् ।
सहकारीका करिब दुई हजार पाँच सय बचतकर्ताहरुको करिब ३० करोड रकम हिनामिना गरेर अध्यक्ष तिवारी र सचिव क्षेत्री सम्पर्कबिहीन भएका हुन् ।
सहकारीका पदाधिकारीहरु नै सम्पर्कविहीन भएपछि सहकारीका बचतकर्ताहरुले सहकारी घेराउ गरेका छन् । पीडितहरुले सहकारीको रकम पदाधिकारीको निजी खातामा जम्मा गरेको, व्यक्तिगत तजबिजमा ऋण लगानी गरेको, नक्कली ऋणी देखाइएको आरोप लगाउँदै सहकारी घेराउ गरेका थिए भने सहरकारी छानबिन समितिले सहकारीको सफ्टवेयरमा १३ हजार पटक अंक र अक्षर डिलिट गरिएको
बताएको छ ।
सहकारीका अध्यक्ष तिवारीले नियमविपरित १० हरोडभन्दा बढी व्यक्तिगत रुपमा प्रयोग गरेको पीडितहरुले बताएका छन् ।
नियम विपरीत कारोबार, ३० करोडभन्दा बढी अपचलन, १२ करोड हिनामिना भएको प्रारम्भिक छानबिनको क्रममा खुलेको छ । रकम पदाधिकारीको नीजि खातामा जम्मा गरेको, व्यक्तिगत तजबिजमा ऋण लगानी गरेको, फेक ऋणी देखाइएको सहकारीको सफ्टवेयरमा १३ हजार पटक अंक र अक्षर डिलिट गरिएको छानबिन समितिले बताएको छ ।