काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी दुई अर्ब ८३ करोडको २० दशमलव ७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा छुट्याइएको छ । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, कर्मचारी, सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य भदौ १५ गतेसम्म कायम रहनेछ । लगानीकर्ताहरूले न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।