काठमाडौं  । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीको यही भदौ १० गते बसेको सञ्चालक समितिको एक सय ९५औँ बैठकले यही असोज एक गते आफ्नो १८औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन आउने नौ करोड ८७ लाख ८३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।