काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट कार्य सम्पन्न भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले कम्पनीको आईपीओ बिहिबार साधारण सेयर बाँडफाँट गरेको हो ।
कम्पनीको साधारण सेयरमा कुल २४ लाख ४० हजार चार सय ६० आवेदकबाट दुई करोड ७४ लाख ६४ हजार पाँच सय ७० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । जसमध्ये २४ लाख ३६ हजार तीन सय ९३ आवेदन सदर भएको छ भने दुई हजार तीन जनाको आवेदन बदर भएको छ । कुल सदर आवेदकबाट दुई करोड ७४ लाख १८ हजार पाँच सय ४० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ । कुल सदर आवेदकमध्ये १९ हजार पाँच सय १९ जनालाई १० कित्ताका दरले एक लाख ९५ हजार एक सय ९० सय कित्ता सेयर बाँडफाँट गरिएको छ भने बाँकी पाँच कित्ता सेयर पाँच जनालाई १/१ कित्ताका दरले बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणको लागि एक सय रुपैंयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ९५ लाख १९ हजार पाँच सय रुपैयाँ बराबरको एक लाख ९५ हजार एक सय ९५ कित्ता सेयर निष्काशन गरेको थियो ।