काठमाडौं। निजामती कर्मचारीलाई अवकाशपछि ‘कुलिङ अफ पिरियड’ लागू गर्ने प्रावधान राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट सदर भएको छ। शनिबार बसेको समितिको बैठकमा छलफलपछि सभापति तुलसी कुमारी दाहालले प्रावधानलाई सदर गरिएको जानकारी दिइन्। उनले भनिन्, “कुलिङ अफ पिरियड राखेर जाने निर्णय भएको छ।"
सभापति दाहालका अनुसार यस प्रावधानबारे सैद्धान्तिक सहमति जुटाइसकेकाले अब प्रतिवेदन तयार गरी पुनः एकपटक समीक्षा गरेर अघि बढाइनेछ। यो प्रावधान लागू भएपछि अवकाशप्राप्त निजामती कर्मचारीहरूले निश्चित समयावधिसम्म सार्वजनिक पदमा पुनः नियुक्ति लिन नपाउने व्यवस्था हुने अनुमान गरिएको छ।