काठमाडौं । नेपालका लागि भेस्पा–एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले ‘डबल या तेब्बर बबाल’ फेस्टिभ अफर सार्वजनिक गरेको छ ।
नेपालीहरूको पर्वलाई अझ रोचक र उत्साहपूर्ण बनाउन ल्याइएको यो अफरअन्तर्गत्, भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने हरेक ग्राहकले आकर्षक स्क्रयाच कार्ड प्राप्त गर्नेछन् । कार्डमा दिइएको क्युआर कोड स्क्यान गरी स्क्रयाचमार्फत प्राप्त रकमलाई दोब्बर वा तेब्बरसम्म बढाउन सकिनेछ । यस अफरअन्तर्गत्, हरेक हप्ताको लक्की ड्रमार्फत ग्राहकहरूले चार रात पाँच दिनको रोमाञ्चक थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन् । अफरको बम्पर पुरस्कारस्वरूप एक भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ नगद जित्ने विशेष अवसर पनि प्राप्त गर्नेछन् ।
त्यसैगरी, कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ४० हजार रुपैयाँ मूल्याङ्कन प्राप्त गर्न सकिनेछ । साथै, स्क्रयाच कार्डमार्फत बजार मूल्याङ्कनभन्दा थप एक लाख ५० हजार रुपैयाँसम्म पाउन सकिनेछ । फाइनान्स सुविधाहरू पनि उत्तिकै आकर्षक छन् । चार दशमलव ९९ प्रतिशत मात्र ब्याजदरमा ईएमआई सुविधा, शून्य सेवा शुल्कसहित उपलब्ध छ । यो अफर नेपालभरका सबै आधिकारिक भेस्पा–एप्रिलिया सोरूमहरूमा उपलब्ध हुने जनाइएको छ ।