काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नवीनतम फ्ल्यागसिप भिभो भि६० नेपालमा औपचारिकरूपमा सार्वजनिक गरेको छ । भिभो भि६० ले जाइस प्रविधियुक्त क्यामेरा इनोभेसन, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनसहित मोबाइल इमेजिङमा नयाँ मानक स्थापित गरेको छ ।
जाइस अप्टिकल स्ट्यान्डर्डअनुसार बनेको भिभो भि६० मा ५० मेगापिक्सेलको जाइस सुपर टेलिफोटो क्यामरा रहेको छ । यसको १०एक्स टेलिफोटो स्टेज पोट्रेटले चहकिलो स्टेज लाइटमा पनि उत्कृष्ट प्रदर्शन गर्दछ । जबकि पाँच फरक फोकल लेन्थ (२३ मिमि– एक सय मिमि) ले प्रयोगकर्ताहरूलाई हरेक परिदृश्यलाई अझ सटिक र कलात्मक ढंगले फ्रेम गर्ने सुविधा दिन्छ । एआई इमेज स्टुडियोले भि६० को सिर्जनात्मक सम्भावनाहरू थप बढाएको छ । यसमा रहेको एआई फोर सिजन पोट्रेटमार्फत वसन्त, गर्मी, शरद् वा जाडो—चारै ऋतुअनुरूप परिवेशलाई तुरुन्तै पुनः कल्पना गर्न सकिन्छ । क्यामरा सेटअपमा थपरूपमा ५० मेगापिक्सेलको जाइस मुख्य क्यामरा, आठ मेगापिक्सेलको जाइस अल्ट्रा वाइड–एङ्गल क्यामरा र ५० मेगापिक्सेलको जाइस ग्रुप सेल्फी क्यामरा रहेको छ । यी सबैलाई अल्ट्रा क्लियर फोर के भिडियो र सुधारिएको एआई औरा लाइट सिस्टमले अझ प्रभावशाली बनाएको छ ।
डिजाइनको दृष्टिले, भि६० मा इक्वेल देप्थ क्वाड–कर्भ डिस्प्ले राखिएको छ । पछाडिको स्टार ट्रायल क्यामरा मोड्युलले यसको मिनिमलिस्टिक डिजाइनलाई थप सुन्दर बनाएको छ । यो स्मार्टफोन दुई आकर्षक रङमा मिस्ट ग्रे र बेरी पर्पलमा उपलब्ध हुनेछ । भिभो भि६० मा डायमन्ड शिल्ड ग्लासको प्रयोग गरिएको छ । यसमा रहेको आईपी ६८/६९ रेटिङको साथ भिभोको नयाँ वानट्याप व्याटर इजेक्सन र डस्ट रिमोवल फिचरले यसलाई अझ धुलो र पानी प्रतिरोधी बनाउँछ । शक्तिशाली ६५०० एमएएच ब्लु भोल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधिले दिनभरि सहजै साथ दिन्छ । यसलाई नयाँ जेनेरेसनको क्वालकम स्न्यापड्रैगन ७ जेन ४ चिपसेट र १२+१२ जीबीको विस्तारित ¥यामले सहज र छरितो अनुभव प्रदान गर्छ ।
भिभो भि६० को नेपालमा प्रि–बुकिङ भदौ १६ सम्म खुला रहने जनाइएको छ । बिक्री भने भदौ १७बाट भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्ल्याटफर्ममा सुरु हुने जनाइएको छ । प्रि–बुकिङ गर्ने ग्राहकहरूले भिभो इयरबड्स उपहारस्वरूप प्राप्त गर्नेछन् । यसको मूल्य १२ जीबी/२५६ जीबीको ७० हजार नौ सय ९९ रुपैयाँ र १२ जीबी/५१२ जीबीको ७५ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । भिभो भि६० शून्य प्रतिशत ईएमआईमा पनि उपलब्ध हुनेछ, जसमा ४० प्रतिशत डाउनपेमेन्टसहित एक वर्षसम्म किस्तामा भुक्तानी गर्न सकिने सुविधा रहेको छ । यसका अतिरिक्त, ग्राहकहरूले भीभोको आधिकारिक एक्सचेन्ज प्लेटफर्म ‘नयाँ पुराना’मार्फत आफ्नो पुरानो स्मार्टफोनलाई नयाँ भीभो भी६० सँग साट्न सक्नेछन् । लन्च अफरको रूपमा, भिभो भी६० मा अपग्रेड गर्दा ग्राहकहरूले आफ्नो पुरानो उपकरणको मूल्याङ्कनमा अतिरिक्त दुई हजार रुपैयाँ प्राप्त गर्नेछन् । हाल यो सुविधा एक सयभन्दा रिटेल स्टोरहरूमा उपलब्ध हुने जनाइएको छ ।