काठमाडौं । वाणिज्य बैंकहरुमा खराब कर्जा झण्डै पाँच प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले कुल ४९ खर्ब ५० अर्ब ४० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । प्रवाहितमध्ये औषतमा चार दशमलव ४४ प्रतिशतका दरले हुन आउने दुई खर्ब १९ अर्ब ७९ करोड ८० लाख २६ हजार चार सय रुपैयाँ कर्जा निष्क्रिय देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यो कर्जा अघिल्लो आवको तुलनामा शून्य दशमलव ६८ प्रतिशत अर्थात् ४८ अर्ब ३१ करोड ९९ लाख १७ हजार छ सय रुपैयाँले बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरुले मात्र कुल ४५ खर्ब ६० अर्ब ५८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औषतमा तीन दशमलव ७६ प्रतिशतका दरले हुन आउने एक खर्ब ७१ अर्ब ४७ करोड ८१ लाख आठ हजार आठ सय रुपैयाँ बराबरको कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार आव २०८१/८२ मा वाणिज्य बैंकहरुमध्ये कुमारी बैंकमा छ दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । अघिल्लो आवको सोही अवधिमा कुमारीमा यस्तो कर्जाको अनुपात पाँच दशमलव ९६ प्रतिशत रहेको थियो । माछापुच्छ्रे सिद्धार्थ र सिटिजन्स बैंक इन्टरनेसनलमा पनि गत आवमा क्रमशः तीन दशमलव ८३, दुई दशमलव ६२ र चार दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुमा क्रमशः तीन दशमलव ८६, दुई दशमलव १७ र चार दशमलव १० प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
कृषि विकास, सानिमा, एभरेस्ट र एनएमबी बैंकमा पनि गत आवमा क्रमशः नौ दशमलव ९६, तीन दशमलव शून्य एक, शून्य दशमलव ३८ र तीन दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुमा क्रमशः नौ दशमलव २४, एक एक दशमलव ७२, शून्य दशमलव ७१ र तीन दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
गत आवमा नबिल, हिमालयन, प्रभु र ग्लोबल आईएमई बैंकमा भने क्रमशः शून्य दशमलव ९७, सात दशमलव २८, चार दशमलव ९६ र चार दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा यी बैंकहरुमा क्रमशः एक दशमलव ३७, चार दशमलव ९८, चार दशमलव ९४ र चार दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
नेपाल बैंक, राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई र लक्ष्मी सनराइज बैंकमा पनि गत आवमा क्रमशः चार दशमलव ४७, तीन दशमलव ५९, तीन दशमलव ३५ र चार दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुमा क्रमशः चार दशमलव ३३, चार दशमलव २८, एक दशमलव ९६ र चार दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । नेपाल इन्भेस्टमेन्ट मेगा र प्राइम कमर्सियल बैंकमा भने पछिल्लो अवधिमा क्रमशः पाँच दशमलव ८५ र पाँच दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा यी दुई बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ९१ र चार दशमलव ६५ प्रतिशत रहेको थियो ।
गत आवमा स्टान्र्डर्ड चार्टड र एनआईसी एसिया बैंकमा पनि क्रमशः एक दशमलव ४७ र छ दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवमा यी दुई बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव १४ र तीन दशमलव ४५ प्रतिशत रहेको थियो ।