काठमाडौं । सामसङले नेपालमा ए–सिरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए१७ ५जी सार्वजनिक गरेको छ । यसको मूल्य ३४ हजार नौ सय ९९ रुपैयाँ (८/२५६ जीबी), ३० हजार नौ सय ९९ रुपैयाँ(८/१२८ जीबी) र २८ हजार नौ सय ९९ (६/१२८ जीबी) रुपैयाँ तोकिएको छ ।
ग्यालेक्सी ए१७ ५जी मा ६.७–इन्च सुपर एमोलिड डिस्प्ले ९० हर्ज रिफ्रेस रेटसहित, अझै पातलो र हल्का डिजाइन र लिनर ग्रुप गरिएको क्यामेरा सेटअप छ । यसमा ५० एमपी ओआईएस मुख्य क्यामेरा, ५ एमपी अल्ट्रा–वाईड र २ एमपी म्याक्रो लेन्स रहेको छ, जसले विभिन्न खिचाइका विकल्प उपलब्ध गराउँछ । यसमा जेमिनी इन्टिग्रेसन, जेमिनी लाइभ र सर्कल टु सर्चजस्ता एआई टुलहरू प्रयोग गर्न सकिन्छ, जसले दैनिक जीवनलाई अझ सहज र स्मार्ट बनाउँछ ।
यसमा गोरिल्ला ग्लास भिक्टस र आईपी५४ डस्ट तथा स्प्ल्यास रेजिस्टेन्सजस्ता मजबुत सुरक्षा फिचरहरू छन् । साथै, छ वर्षको सुरक्षा अपडेट र ५ ओएस अपग्रेडको साथमा दीर्घकालीन मूल्य सुनिश्चित गरिएको छ । ग्यालेक्सी ए१७ ५ जीमार्फत सामसङले नेपालमा आफ्नो मिड–रेन्ज पोर्टफोलियोलाई अझ मजबुत बनाउँदै, उपभोक्तालाई एआई इनोभेसन, स्टाइल, परफर्मेन्स, टिकाउपन, र पहुँचयोग्यताको उत्कृष्ट संयोजन उपलब्ध गराएको छ ।