काठमाडौं । नेपाल फार्मेसी संघ कास्कीको प्रथम भेलाले साजन भण्डारीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षद्वयमा अर्जुन धिताल, नवराज पौडेल, महिला उपाध्यक्ष प्रिया शर्मा, महासचिव सन्तोष शर्मा, सचिवद्वयमा सफल पाण्डे, राम कुमार श्रेष्ठ, महिला सचिव सुनिता पौडेल, कोषाध्यक्ष मिलन क्षेत्री, सहकोषाध्यक्ष विष्णु प्रसाद ढकाल रहेका छन् । त्यसैगरी, सदस्यहरुमा सुष्मा पोखरेल, संगीता केसी, सागर पुन, नरेन्द्र शाही, राजेश न्यौपाने, विकास खड्का र पवन तिवारी रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पेशागत हकहितका लागि पोखरा महानगरपालिका सधैँ व्यवसायीहरुको साथमा रहेको बताएका थिए । संघका केन्द्रीय अध्यक्ष युवराज भुसालले नयाँ नेतृत्वले फार्मेसी क्षेत्रका हक अधिकार र पेशागत अधिकारका लागि सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।