काठमाडौं । राष्ट्रिय व्यावसायिक पहलको हालै काठमाडौंमा सम्पन्न १९औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः कुशकुमार जोशी निर्वाचित भएका छन् । सभाले अध्यक्ष जोशीको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा शकुन्तलाल हिराचन, महासचिवमा सुरेन्दवीर मालाकार, कोषाध्यक्षमा सरोज प्रसाद पाण्डे, सचिवद्वयमा सुरेश प्रधान तथा डा. बविन पोखरेल एवम् सह–कोषाध्यक्षमा राजेश खड्का निर्वाचित भएका छन् । कार्यसमितिका सदस्यहरुमा शिव प्रसाद घिमिरे, रमेश शर्मा, रविन्द्रमान सिंह प्रधान, लता प्याकुरेल, अरनिको राजभण्डारी, खेम लकाई, सरिता महर्जन, तथा संस्थागत तर्फबाट नेपाल हस्तकला महासंघ (राजमान बज्राचार्य) र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (महेश कुमार बस्नेत) निर्वाचित भएका छन् ।
साधारणसभाले राजेश बाबु श्रेष्ठ, द्रुव कुमार श्रेष्ठ, डा. राजेन्द्र कुमार घिसिङ, होमनाथ उपाध्याय तथा सनम शाक्यलाई कार्यसमिति सदस्यका रुपमा मनोनित गरेको छ ।