काठमाडौं । सामसङले दशैँलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर ‘दिनदिनै दशैं’ ल्याएको छ । यो अफर सोमबारदेखि सुरु भएर सेप्टेम्बर २८ सम्म मान्य हुने कम्पनीले जनाएको छ ।
यस अवधिमा नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन् । यसले चाडपर्वको उत्सवलाई अझ विशेष बनाउनेछ । यसमा सहभागी हुन, ग्राहकले आफ्नो नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेटको सिरियल नम्बर टाइप गरी ३५००१ मा एमएमएस पठाउनुपर्नेछ । प्रत्येक दिन, एक भाग्यशाली विजेताले भाटभटेनी सपिङ भौचर एक लाख रुपैयाँ पाउनेछन् भने अन्य १० जना विजेताले १० हजार रुपैयाँको सपिङ भौचर प्राप्त गर्नेछन् । यसरी अफर अवधिभर दैनिक ११ जना विजेताले उपहार जित्ने अवसर पाउनेछन् । यी सपिङ भौचरहरूलाई दैनिक उपभोग्य सामानदेखि चाडपर्व तयारीसम्म जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले अफर उपयोगी र उत्साहजनक बनेको छ ।
एमएक्स सामसङ नेपालका निर्देशक, प्रणय रत्न स्थापितका अनुसार, ‘दिनदिनै दशैँ’मार्फत सामसङले हरेक चाडपर्वमा आफ्ना ग्राहकलाई अमूल्य अनुभव दिने प्रतिबद्धतालाई निरन्तरता दिएको छ । ग्राहकले ८३०६३ डायल गरेर सजिलै सिरियल नम्बर पत्ता लगाउन सक्छन् ।