काठमाडौं । गोल्छा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपाल २०२५ को उपाधि धनुषाका १७ वर्षीय सामग्री निर्माता कृष यादवलाई प्रदान गरिएको छ ।
धनुषाको कचुरीका यादवलाई सोमबार ग्लोकल प्रालिले एक कार्यक्रमको आयोजना गरी यो सम्मान प्रदान गरिएको हो । विगत एक दशकदेखि ग्लोकल टिन हिरो पहलले शैक्षिक क्षेत्रभन्दा बाहिर उत्कृष्ट प्रदर्शन गर्ने किशोर–किशोरीहरूको असाधारण प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्दै आएको छ । प्रतियोगितामा कृषलाई शीर्ष छ जना अन्तिम प्रतिस्पर्धीहरूमध्येबाट छनोट गरिएको थियो । तीमध्ये मानुषी न्यौपाने, निश्चल ढुङ्गाना, अक्सफोर्ड आचार्य, रेनुका सिंह र सफल पौडेल थिए । कृष यादव एक १७ वर्षीय सामाजिकरूपमा जिज्ञासु कन्टेन क्रिएटर हुन् ।