काठमाडौं । प्रहरीले मंगलबार काठमाडौंको गोङ्गबुबाट बरामद गरेको रकम ४ करोड भन्दा बढी रहेको पुष्टी गरेको छ । गोरखाको खोरखा नगरपालिका ६ बसपार्क स्थाई घर भएका ७६ बर्षीय विनोदकुमार श्रेष्ठको गंगबुस्थित घरबाट नगल र सुन बरामद गरेको थियो । श्रेष्ठले अबैध रुपमा लुकाएर राखेको अबस्थामा ९ किलो ३९ ग्राम सुनका गहना र ३ किलो २१ ग्राम चाँदीका गहना पनि प्रहरीले बरामद गरेको छ । मिटरब्याजमा पैसा लगाउने श्रेष्ठले ति गहनाहरु राखेर पैशा दिएको खुल्न गएको हो । यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । श्रेष्ठलाई थप अनुसन्धानका लागि बुधबार अदालतमा उपस्थित गराएर म्याद लिने प्रहरीले तयारी थालेको छ ।