काठमाडौं । अनुदानको २ सय बोरा युरिया मल लुकाउने व्यापारीलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एन्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरीले सञ्चालन गरेको स्टोर्सबाट गत भदौ १२ गते २ सय बोरा युरिया मल बदामद भएको थियो । किसानलाई उपलब्ध गराउन ल्याएको मल लुकाएर कालोबजारी गरेको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयले छानबिन समिति बनाएर अध्ययन गरेको थियो । उक्त प्रतिवेदनका आधारमा चौधरी ठहर भएको पाईएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।