काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन १९ दशमलव ८९ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौथो कारोबार दिन आज बुधबार पनि १५ दशमलव ६४ अंकले ओरालो लागेर २७ सय २६ दशमलव ३३ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७४ अंकले ओरालो लागेर चार सय ७० दशमलव ९४ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २६ वटा कम्पनीहरुको ६८ हजार पाँच सय ९४ पटकको कारोबारमा एक करोड १३ लाख ४५ हजार नौं सय ९४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब ७२ करोड ८० लाख ५२ हजार आठ सय ६० रुपैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये दुई वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।