बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा आयोजना भएको विजयोत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सव विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागिता जनाएका छन् ।
सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख÷सरकार प्रमुखलाई स्वागत गरेका थिए । प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सरिक भएका थिए ।
जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओली चीन भ्रमणमा सहभागी भएका हुन् । चीनको औपचारिक भ्रमण सकाएर प्रधानमन्त्री ओली बुधबार नेपाल फर्किएका छन् ।