काठमाडौं । गोर्खाज फाइनान्सले हङकङकमा पनि सेवा सुरु गरेको छ । उक्त शुभारम्भ कार्यक्रममा कम्पनीका निर्देशक आकाश बन्जाराले हङकङमा गोर्खाज फाइनान्सलाई नेपाली समाजका लागि एउटा बैंकको रुपमा स्थापित गर्ने र नेपालीहरुलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको घोषणा गरे ।
नेपालबाट नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली र युवा उद्यमी हिक्मतजंग कार्कीलगायतका विशिष्ट अतिथिहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कम्पनीको नेतृत्व डीके दाहाल, आकाश बन्जारा, विवश सुवेदीलगायत ४७ जना अन्य सेयरधनीहरुको टोलीले गरेको फाइनान्सले जानकारी दिएको छ ।
कार्यक्रमलाई स्वागत गर्दै अध्यक्ष डीके दाहालले सम्पूर्ण लगानीकर्ताहरूलाई यसलाई बैंक बनाउन एकजुट भई काम गर्न आह्वान गरे । उनले ’गोर्खाज फाइनान्स’लाई बैंकको रुपमा परिणत गर्न सबैजना एकढिक्का भएर एउटै रेखामा उभिएर जोडिनुपर्नेमा जोड दिएका छन् ।