काठमाडौं । कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्नो विशेष अफर ‘दशैँको मुड, सबै गुड’ सार्वजनिक गरेको छ । यसमा टीभी र होम अप्लायन्समा आकर्षक मूल्य अफरहरु रहेको कम्पनीले जनाएको छ ।
यो सीमित समयको अफर भदौ २५ देखि असोज २४ सम्म लागू हुनेछ । अफरअन्तर्गत ग्राहकले इन्स्टन्ट क्यासब्याक र उपहार पाउनेछन् । साथै, नेपालका अधिकृत खुद्रा साझेदारमार्फत सजिलो अपग्रेड/एक्सचेन्ज सुविधा पनि उपलब्ध छ । सामसङका टीभीहरु निओ क्यूएलईडी, एफएचडी/एचडी टीभीहरुमा ३५ प्रतिशतसम्म इन्स्टन्ट क्यासब्याक पाइनेछ । यस्तै, छानिएका ७५ इन्च र ८५ इन्चको क्यूएलईडी मोडेलमा साउन्डबार समेत दिइने कम्पनीले जनाएको छ । यसैगरी, सामसङका सिङ्गल–डोर, डबल–डोर र साइड–बाइ–साइड रेफ्रिजरेटरमा १९ प्रतिशतसम्म इन्स्टन्ट क्यासब्याक पाइन्छ । छानिएका सात लिटर साइड–बाइ–साइड मोडेल किन्दा माइक्रोवेभ ओभनको उपहार पनि पाउन सकिनेछ ।