काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले माउन्टेन भिस्टा रिट्रिट होटलमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र होटलबीच सम्झौता भएको हो ।
यो सम्झौतासँगै बैंकका ग्राहकले होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् । जुनसुकै प्रकारका सेवामा छुट पाइनेछ । सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ । यो सहकार्यले ग्राहकलाई छुट उपलब्ध हुनुको साथै डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।