कमलामाई (सिन्धुली) । मदन भण्डारी राजमार्ग कमलामाई नगरपालिका–९ बथानचौडी नजिक शुक्रबार बिहान ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार शुक्रबार बिहान विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रकले बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिँदा भुजेलको मृत्यु भएको छ भने दाहालको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
नियन्त्रण गुमाएको ट्रकले बटुवालाई ठक्कर दिएपछि सडक किनारको घरमा ठोक्किँदा गारो ढल्नुका साथै घरपालुवा २० वटा पन्छी मरेका छन् । प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।