कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा एक करोड ६७ लाख ७९ हजारको लागतमा तीनतले नयाँ वडा कार्यालय भवन निर्माण गरिएको छ ।

भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए । सो भवनमा एक प्रतिक्षालयसहित सातवटा कोठा छन् । केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उनले बताए ।