काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम अप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट अप्लायन्सेसले दशैँ, तिहार र छठ पर्वका लागि विशेष योजना सार्वजनिक गरेको छ ।
‘पर्वहरुको उमङ्ग, स्काइवर्थसँग सबै दङ्ग’ भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताले स्काइवर्थका सम्पूर्ण घरेलु उपकरणहरूमा ४० प्रतिशतसम्म क्यासब्याक र आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् । अफरअन्तर्गत स्काइवर्थका स्मार्ट टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर र चेस्ट फ्रिजर खरिदमा छुटको सुविधा पाउने व्यवस्था गरिएकोे छ । यसमार्फत उपभोक्ताले चाडपर्वमा आफ्नो घरलाई अपग्रेड गर्न सहज हुने कम्पनीले जनाएको छ ।
स्काइवर्थका वरिष्ठ मार्केटिङ अधिकृत विवेक राठीले स्काइवर्थले यो खुसीमा अझै खुसी थप्न ‘पर्वहरुको उमङ्ग, स्काइवर्थसँग सबै दङ्ग’ विशेष छुट योजना ल्याएको बताए । यो योजना नेपालभर रहेका स्काइवर्थका सबै सोरुम तथा बिक्रीस्थलमा कार्तिक १५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।