काठमाडौं, मित्रराष्ट्र भारतका प्रधान न्यायाधीश माननीय श्री भूषण रामकृष्ण गवई आज काठमाडौं आइपुगेका छन्। उनी शुक्रबार दरबारमार्गस्थित याक एण्ड यति होटलमा आईपुगेका छन् । नेपाल आगमनसँगै उनको भ्रमणलाई उच्च महत्वका रूपमा हेरिएको छ। प्रारम्भिक अनुमानअनुसार, यस क्रममा नेपाल–भारतबीच कानूनी सहकार्य, न्यायिक प्रणाली सुदृढीकरण तथा दुवै देशका न्यायिक निकायबीच अनुभव आदान–प्रदानबारे छलफल हुने सम्भावना रहेको बताइएको छ।