काठमाडौं,सरकारी स्वामित्वका नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले एकैसाथ नयाँ अध्यक्ष पाएका छन्। मन्त्रीस्तरीय निर्णयबाट हेमन्त बस्याललाई नेप्सेको अध्यक्ष र सुरेन्द्र पौडेललाई नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा नियुक्त गरिएको हो। नेप्सेका नवनियुक्त अध्यक्ष बस्याल यसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीका नवनियुक्त अध्यक्ष पौडेल यसअघि नेपाल आयल निगममा कार्यकारी निर्देशक र हेटौँडा सिमेन्ट उद्योगमा महाप्रबन्धकका रूपमा काम गरिसकेका छन् । नयाँ नेतृत्वले पूँजी बजारको सुदृढीकरण, लगानीकर्ताको हित संरक्षण र पुनर्बिमा व्यवसायको विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।