काठमाडौं । कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फन्डले निर्धारित एक अर्ब रकम संकलन गर्न सफल भएको जानकारी दिएको छ । यो फन्ड लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी फन्ड हो । जलविद्युत्, सौर्य, वायु ऊर्जा तथा अन्य क्षेत्रमा लगानी गरी नेपालको दिगो ऊर्जा क्षेत्रको विकासमा टेवा पुर्याउनु यस फन्डको मुख्य उद्देश्य हो ।
‘यस फन्डको उद्देश्य पूर्तिमा निरन्तर समर्थन र हामीप्रति जनाउनुभएको विश्वसनीयताका लागि सम्पूर्ण लगानीकर्ताहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ’, कम्पनीले भनेको छ ।