काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’अन्तर्गत बेस्ट बैंक अवार्ड पाएको छ । मंगलबार सिंगापुरमा आयोजित विशेष समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।
ग्राहकलाई उपलब्ध गराइएका सेवा, वित्तीय अवस्था, प्रविधि, सुशासन र सामाजिक उत्तरदायित्वलगायत क्षेत्रमा देखाएको उत्कृष्ट कार्यसम्पादनका आधारमा यो अवार्ड प्रदान गरिएको हो । यससँगै ग्लोबल आइएमई बैंकले तेस्रो पटक युरो मनी बेस्ट बैंक अवार्ड हात पारेको छ । यसअघि सन् २०२२/२०२४ मा पनि बैंकले सो अवार्ड जितिसकेको थियो । ग्लोबल आईएमई बैंक देशभर सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकको तीन सय ५२ वटा शाखा कार्यालय, तीन सय ८४ वटा एटीएम काउन्टर, एक सय ५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।