काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीको नोट ७० मोडल नेपाली बजारमा उपलब्ध भएको छ । यस रियलमी नोट ७० मा ६३ सय मेगाहर्जको शक्तिशाली ब्याट्री रहेको छ । मिलिटरी–ग्रेडको मजबुती र स्मार्ट फिचरहरू रहेको यस रियलमी नोट ७० ले युवाहरूको मन जित्ने विश्वास गरिएको छ ।
एकचोटि चार्ज गरेपछि दुई दिनसम्म चलाउन सकिने सुविधा यसमा रहेको कम्पनीले जानकारी दिएको छ । यसमा १५ वाटको फास्ट चार्जिङ र ६ वाट रिभर्स चार्जिङ सुविधा पनि भएकाले डाउनटाइम कम रहेको छ । टिकाउपनका लागि नोट ७० मा मिलिटरी–ग्रेड मजबुती र आर्मरसेल प्रोटेक्सन रहेकाले यो फोन एकदम मजबुत भएको कम्पनीले जानकारी दिएको छ । एक दशमलव आठ मिटरसम्मबाट खस्दा पनि फोन सुरक्षित रहने कम्पनीले जानकारी दिएको छ । यसमा सोनिक वेभ इजेक्सन टेक्नोलोजी र आईपी ५४ डस्ट एन्ड वाटर रेजिस्टेन्स पनि रहेको छ ।
डिजाइनमा पनि आकर्षक रहेको यस रियलमी नोट ७० मा ७.९४को अल्ट्रा–स्लिम बडी र २०१ ग्राम हलुका फ्रेम समावेश गरिएको छ । ९० हर्जको आई कम्फर्ट डिस्प्लेले लामो समयसम्म प्रयोग गर्दा पनि आँखामा थकान कम गर्दै स्मुथ भिजुअल अनुभव दिन्छ । फोटोग्राफीप्रेमीका लागि १३ एमपी एआई क्यामेराले स्पष्ट फोटो खिच्न सहयोग गर्ने जनाइएको छ । युनिसोक टी७२५० अक्टा–कोर चिपसेटले स्मुथ मल्टीटास्किङ र प्रदर्शन सुनिश्चित गर्छ भने एआई स्मार्ट एक्सपेरियन्स प्रयोगकर्ताको व्यवहारअनुसार इन्टरफेसलाई व्यक्तिगत र प्रभावकारी बनाउँछ ।
मनोरञ्जनका लागि नोट ७० मा तीन सय प्रतिशत अल्ट्रा बुम स्पिकर राखिएको छ । रियलमीको नोट ७० २ वटा स्टोरेज भेरियन्टमा बीच गोल्ड र अब्सिडियन ब्ल्याकजस्तो आकर्षक रंगमा नेपालभर उपलब्ध छ । ४/६४ जीबीको मूल्य १३ हजार नौ सय ९९ रुपैयाँ र ४/१२८जीबीको मूल्य १४ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । शक्तिशाली ब्याट्री, मिलिटरी–ग्रेड मजबुती र स्मार्ट फिचरहरूको साथ नोट ७० एन्ट्री–लेवल स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापना गर्न तयार छ ।