काठमाडौं । एमजी मोटरको साइबर एक्स आगामी दुई वर्षभित्र कम्प्याक्ट, बक्सी, परिवारमैत्री इलेक्ट्रिक एसयूभीमा परिणत हुन तयार भएको जानकारी गराइएको छ ।
यो एसयूभी पहिलोपटक शांघाई अटो सोमा बोल्ड कन्सेप्टको रूपमा देखाइएको थियो । साइबर एक्समा पाँच वटा ढोकाको लेआउट र बक्सी डिजाइन हुनेछ, जसको स्ट्यान्स मर्सिडिज ईक्यूबीजस्ता प्रिमियम एसयूभीलाई झल्काउनेछ । एमजीको युके प्रोडक्ट र प्लानिङ बस, डेविड एलिसनले यसलाई ‘सुजुकी जिम्नीको आध्यात्मिक उत्तराधिकारी’ भनी वर्णन गरेका छन्, जसले सहरी ड्राइभिङका लागि उपयुक्त आकार र हल्का अफ–रोड प्रेरित डिजाइनमा तयार भएको छ । यो मोडलले कन्सेप्टको बक्सी र एङ्कलर डिजाइन कायम राख्नेछ । साथै, कारमा पप–अप हेडलाइटहरूको सट्टा परम्परागत हेडलाइट राखिनेछ । कन्सेप्टका अतिरिक्त सुविधाजस्तै प्यानोरामिक रूफलाई आकर्षक इन्टिरियरले प्रतिस्थापन गर्नेछ । क्याबिन आधुनिक र मिनिमल शैलीमा तयार हुनेछ, ठूलो सेन्ट्रल टचस्क्रिन, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र परिवारको लागि पर्याप्त हेडरूम र लेगरूम उपलब्ध हुनेछ ।
नेपालका लागि विशेष विवरणहरू अझै घोषणा गरिएको छैन तर साइबर एक्समा एमजीको नयाँ ब्याट्री र मोटर प्रविधिहरू, जसमध्ये सेमी–सोलिड–स्टेट ब्याट्री प्रयोग हुने अपेक्षा गरिएको छ । ब्याट्रीको छनोट र चालकको कुशलताअनुसार अनुमानित रेन्ज करिबकरिब चार सय ८२ सम्म हुनेछ । अधिकांश मोडलमा सिंगल–मोटर फ्रन्ट–ह्विल–ड्राइभ लेआउट हुनेछ, हायर स्पेक्स मोडलमा अल–ह्विल ड्राइभ उपलब्ध हुने बताइएको छ । गाडीको बढेको हाइट र हल्का अफ–रोड डिजाइनले व्यावहारिकता र शैलीलाई सन्तुलनमा राख्नेछ ।
विश्वव्यापी प्रारम्भिक मूल्य अनुमान ३० हजार युरोभन्दा कम मूल्यमा एमजीले साइबर एक्सलाई पहुँचयोग्य ईभी विकल्पको रूपमा प्रस्तुत गर्न चाहेको छ । सानो एसयूभी खोजिरहेका र आधुनिक ईभी प्रविधि र सहरी प्रयोगमा व्यावहारिकता चाहने ग्राहक लक्षित यो गाडी अत्यन्तै उपयोगी हुने कम्पनीको दाबी छ ।