काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेका छन् । बैंकले गत आर्थिक वर्ष २०८१/८२को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १५ दशमलव ७८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कामना सेवाले १० प्रतिशत बोनस सेयर र पाँच दशमलव ७८ प्रतिशत नगद लाभाशं (करसमेत) गरी १५ दशमलव ७८ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकको आइतबार बसेको सञ्चालक समिति समितिले उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणबसम्बन्धी सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।