काठमाडौं । जेनजीहरूको प्रदर्शनका कारण नयाँ बानेश्वर क्षेत्र अहिले तनावग्रस्त बनेको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि नयाँ बानेश्वरमा प्रहरीले रबरको गोली चलाएको हो । बानेश्वर संसद् भवनभित्रै प्रदर्शनकारीहरू प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।