बुटवल । प्रोटोन नेपालले बुटवलमा आफ्नो सो–रुम औपचारिकरूपमा उद्घाटन गर्नुअघि नै आफ्ना प्रिमियम इलेक्ट्रिक एसयूभी प्रोटोन इमास ७ का १० युनिट हस्तान्तरण गरेको छ । यो सोरूम बुटवल–भैरहवा क्षेत्रका लागि बालाजी ई अटोमोबाइल्ससँग साझेदारीमा सञ्चालन हुनेछ । यस हस्तान्तरणले नेपालभरका ग्राहकहरूबीच इमास ७ को लोकप्रियता बढिरहेको स्पष्ट देखाएको कम्पनीको दाबी छ ।
धेरै खरिदकर्ताहरूले शो–रुम उद्घाटनअघि नै आफ्नो ईभी खरिद सुनिश्चित गर्ने निर्णय गरेका छन्, जसले प्रोटोनको प्रविधि र बिक्रीपछिको सेवाप्रतिको विश्वास काठमाडौंभन्दा बाहिर पनि तीव्रगतिमा बढिरहेको देखिएको छ । यो उपलब्धि पोखरामा सम्पन्न सफल हस्तान्तरणपछि आएको हो, जहाँ प्रोटोनले उत्साही ग्राहकसँग सामूहिक हस्तान्तरणको उत्सव मनाएको थियो ।
शून्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा, उत्कृष्ट वारेन्टी र भरपर्दो सेवा सञ्जालजस्ता आकर्षक अफरसहित, प्रोटोनले नेपाली परिवारहरूका लागि ईभीको स्वामित्वलाई अझ सजिलो र भरपर्दो बनाउन लक्ष्य राखेको छ । चीनको अग्रणी ईभी निर्माता जीलीको संयोजनमा बनेको प्रोटोन इमास ७ ले आधुनिक डिजाइन, उच्चस्तरीय सुरक्षा र स्मार्ट सुविधाहरूलाई एकीकृत गर्दै नेपालका ईभी पारखीहरुको उत्तम साथी बनेको छ ।