ओटावा । क्यानडामा अगस्त महिनामा बेरोजगारी दर ७.१ प्रतिशत पुगेको छ, जुन २०१६को मे महिनापछि सबैभन्दा उच्च दर रहेको क्यानडाको सांख्यिकीय एजेन्सीले शुक्रबार जानकारी दिएको छ ।
जनवरीदेखि, देशको बेरोजगारी दर शून्य दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । यदि २०१७ देखि २०१९ सम्मको अवस्था हेर्ने हो भने, त्यस समयको औसत बेरोजगारी दर ६ प्रतिशतको आसपास थियो, जुन कोरोनाभाइरस महामारीको सुरु हुनुभन्दा पहिलेको स्थिति थियो ।
सांख्यिकीय एजेन्सीका अनुसार, अगस्त महिनामा क्यानडामा १ दशमलव ६ लाख बेरोजगार रहेका थिए, जुन जुलाईको तुलनामा ३४ हजार व्यक्तिको (२.२ प्रतिशत) वृद्धि हो । क्यानडाका २० प्रमुख महानगर क्षेत्रहरूमा, अगस्त महिनामा सबैभन्दा उच्च बेरोजगारी दर दक्षिणी अन्टेरियोमा देखिएको छ, जहाँ विंडसरमा ११ दशमलव १ प्रतिशत, ओशावामा ९ प्रतिशत र टोरन्टोमा ८ दशमलव ९ प्रतिशत दर रहेको थियो । रासस/सिन्ह्वा