काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेकी छन्, प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । तपाईंले राजीनामा दिनैपर्छ ।’

‘नेपाली मारेर शासन गर्ने– बच्चा मारेर शासन गर्ने–नेपाल सरकार धिक्कार ! मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना’ उनले लेखेकी छन् ।