काठमाडौं । प्रमुख विपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी नहुने भएको छ। यसअघि प्रचण्डले बोलाएका यस्ता बैठकमा सहभागी हुँदै आएको रास्वपाले पछिल्लो राजनीतिक परिस्थिति र जेनेरेसन जेड (जे जी)आन्दोलनका मागबारे आन्तरिक विश्लेषण गरेपछि बैठकमा नगई पार्टीभित्रै रणनीति तय गर्ने निर्णय गरेको हो। यसैबीच, रास्वपाको केन्द्रीय समितिको आकस्मिक बैठक आज अपरान्ह १ बजे बस्दैछ। कार्यवाहक सभापति डोल प्रसाद अर्यालको आह्वानमा केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा जे जी आन्दोलन, हालको राजनीतिक अवस्था र आगामी कदमबारे विस्तृत छलफल हुने रास्वपाले जनाएको छ।