काठमाडौं । जेनजी आन्दोलन दोस्रो दिनमा झन् उग्र बनेको छ । कर्फ्यू जारी हुँदाहुँदै पनि आक्रोशित प्रदर्शनकारीहरू नेताहरूको घर र निवासतर्फ पुगेर तोडफोडमा उत्रिएका छन् ।यसै क्रममा माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निजी निवासमा मंगलबार दिउँसो प्रदर्शनकारीहरूको एक समूह पुगेको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार प्रदर्शनकारीहरूले निवास नजिकै नाराबाजी गर्दै तोडफोडको प्रयास गरेका थिए ।
स्थिति नियन्त्रणमा लिन प्रहरीको ठूलो संख्यामा बल खटाइएको छ । उपत्यकाका विभिन्न स्थानमा समेत आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेका कारण स्थिति अत्यन्तै तानावपूर्ण बनेको छ । सुरक्षा निकायले संवेदनशील क्षेत्रहरूमा थप प्रहरी परिचालन गर्दै उच्च सतर्कता अपनाएको जनाएको छ ।