काठमाडौं । सोमबारको जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि देशभर आन्दोलन चर्किँदै गएको छ। मंगलबार आक्रोशित प्रदर्शनकारीहरूले बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी गरेका छन्।स्थानीय स्रोतका अनुसार प्रदर्शनकारीहरूले ओली निवास नजिकै तोडफोड र आगजनीको प्रयास गरेका थिए। आन्दोलनकारीहरूले सोमबारको दमन र मृत्युको विरोधमा हिंसात्मक कदम उठाएको जनाइएको छ। काठमाडौंसहित देशका प्रमुख शहरहरूमा प्रदर्शन जारी रहेको छ। सुरक्षाकर्मीले संवेदनशील क्षेत्रहरूमा उच्च सतर्कता अपनाउँदै स्थिति नियन्त्रणमा राख्ने प्रयास गरिरहेका छन्।